Logo
Logo

संस्थापनइतरका नेताहरु पौडेललाई सर्वसम्मत लागि छलफलमा


4.9k
Shares


काठमाडौं । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी राखेका छन् ।
केही दिनयता संस्थापनइतरका नेताहरु साझा उम्मेदवार बनाउन छलफलमा जुट्दै आएको हो । तर, महाधिवेशन सुरु हुने दिनसम्म पनि सार्थकता पाउन सकेको छैन ।

शुक्रबार पनि संस्थापनइतरका नेताहरू साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेलको निवासमा भेला भएका छन् । छलफलमा संस्थापनइतर पक्षका नेताहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य र रामचन्द्र पौडेल सहभागी रहेका छन् ।

प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठ्न अघि बढेपछि पुनः रामचन्द्रलाई नै अगाडि बढाउन छलफल चलिरहेको बताइएको छ । बिहीबार राति १२ बजेसम्म बसेको छलफलमा रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउन प्रस्ताव गरिएको थियो ।

बैठकमा सहभागी नेता मिनेन्द्र रिजालका अनुसार बिहीबार राती १२ बजेसम्म साझा उम्मेदवारका लागि छलफल भएको थियो । तर, छलफबाट विना निष्कर्ष सकिएपछि आज पुनः छलफल भएको हो । उनले शुक्रबार साँझसम्ममा सर्वसम्मत उम्मेदवार छान्ने दावी गरेका छन् ।

संस्थापनइतर पक्षमा नेता प्रकाशमान सिंह र डा. शेखर कोइरलाले आफूहरू सभापतिको दौडबाट पछि नहट्ने अडान लिएपछि साझा उम्मेदवारमा नेताहरु सहमतिमा पुग्न नसकेको हो । पौडेलले नेता सिंह र कोइरलाबीच सहमति नजुटे महाधिवेशनमा सहभागि नहुनेसमेत बताइसकेका छन् ।

यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ पौडेललाई सभापतिमा शेरबहादुर देउवाले प्रस्ताव गरे आफूले समर्थन गर्ने बताएका छन् ।

शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक मञ्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने निधिले स्पष्ट पारेका हुन् ।

उनले भने ‘सभापति देउवाले पौडेललाई सभापतिमा प्रस्ताव गरे म समर्थन गर्छु, बाधक बन्दिनँ, नभए म पनि सभापतिमा उम्मेदवारी दिन्छु ।’
यता, कांग्रेस संस्थापन पक्षले प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवालाई नै सभापतिको लागि उम्मेदवार छनोट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्