नेपालगञ्ज । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानमा करोडौंको चलखेल भएको पुष्टि भएको छ । पूर्व हवल्दार रमेश थापाको सेटिङमा यस्ता चलखेल भएको हो ।
बेपत्ता रहेकी कुर्मीको जग्गा हत्याउनलाई एक समूहले उनलाई बेपत्ता बनाएको स्थानीय बताउँछन् । उनको केही जग्गा पूर्व हवल्दार थापाको नाममा दर्ता भइसकेको समेत खुलेको छ । सांसद बादशाह कुर्मी र थापाकै योजनामा सो घटना भएको अनुसन्धानमा देखिएपछि बाँके प्रहरी, सरकारी वकिल लगायतले मुद्दा डिसमिस गराउने प्रयास गरिरहेका छन् ।
निष्पक्ष छानबिनको मागग री रुबी खान समूहले गरेको आन्दोलनपछि गृह मन्त्रालयबाट हिरा रेग्मीको अध्यक्षतामा बनेको छानबिन समितिले निर्मलाको मृत्युपछी निर्मलाको ४ बिघा ८ कटठा जग्गा र २ कटठा जग्गामा बनेको पक्की घर समेत नेपाल सरकारको नाममा आउने उल्लेख छ । उनका श्रीमान तथा बच्चाको समेत यसअघि रहस्यमय रुपमा मृत्यु भएको र उनको समेत मृत्यु भएप्छि सो जग्गा हात पार्न सांसद कुर्मीका समूह लागिपरेको छ। जून जग्गाको मुल्य करोडौं छ । सो छानबिन समितिले निर्मलाको सम्पत्ति कसरी रमेश थापाकी श्रीमती रत्नादेवी थापाको नाममा पुग्यो भनेर छानबिन गर्न सिफारिस भएपनि त्यसतर्फ ध्यान दिइएको छैन ।
निर्मलाको जग्गा रमेश थापाको बैनी राधादेबी बिष्टको नाममा पहिले नामसारी गराएर पछि राधादेबी बिष्टबाट रमेश थापाको श्रीमती रत्ना देबी थापाको नाममा गएको देखिन्छ । जग्गा लिदा अदालतमा समेत लेनदेनको कागजात गराएर उक्त कागजातको कानुनी तिकडम गरेर अनेकौ जालझेलको कागजात बनाइएको पाइएको छ । पूर्व हवल्दार थापा प्रहरी र अदालतमा यस्तै विवादास्पद जग्गाको कारोबार गरेर करोडपति भइसकेका छन्। अहिले पनि उनले बाँकेका एसपी श्याकृष्ण अधिकारी, सरकारी वकिलका हाकिम वासुदेव शर्मा, सिडिओ सूर्यबहादुर खत्री लगायतलाई सेटिङ मिलाइएको छ । यससम्बन्धि डिल गर्न उनीहरु केही दिनअघि काठमाडौं आएका थिए ।
निर्मला कुर्मिको बेपत्ता घटनामा बादशाह कुर्मीसमेत मिलेर अनेक प्रपञ्च रचेर भारतमा निर्मलाले बिवाह गरेको र उतै कालगतीले मरेको कागजात देखी केही मानिसहरु समेत खडा गरि प्रहरी मार्फत सरकारी वकीलको कार्यालयमा पेश गरेका छन । जबकी मधेशी समूदायको महिलाले ५०/५२ बर्ष को उमेरमा विवाह गर्ने सम्भावना निकै कम छ । यदी विवाह गरेको अवस्थामा उनले किन आफ्नो घर जग्गा बिक्रि गरिनन् ? भन्ने प्रश्न उठ्छ ।
यो कुरा रुबी खानको समूहलाई जानकारी भएपछि उनीहरुलाई आर्थिक प्रभावमा पार्ने प्रयास भएको थियो । पछि कुरा नमिलेको स्रोत बताउँछ । भूमाफिया गिरोहका नाइकेका रुपमा चिनिने रमेश थापाले केस मिलाउने बिगतमा आफना सम्बन्ध भएका ब्यक्तीहरु समेत प्रयोग गरेर प्रहरी प्रशासन, जिल्ला प्रशासन र सरकाी वकीलको कार्यालयमा सेटिग गरेर कागजपत्र कमजोर पारेर जग्गाको बिषयमा कुनै खोजतलास नगरेर निर्मलाको कालगतीले मृत्यु भएको भारतबाट डकुमेन्ट बनाएका हुन् । सोही कारण आरोपीहरुलाई पक्राउ गरेको जस्तो गरी मुद्दा नचलाई छाडिएको हो । यसको सेटिङ गृह मन्त्रालयसम्म भएको आशंका गरिएको छ । सांसद कुर्मी नेपाली कांग्रेसका सांसद भएकाले उनले गृह मन्त्रालयमा प्रभाव बढाएर अनुसन्धान प्रभावीत बनाएका हुन् । तर, रुबी खान समूहको आन्दोलन निरन्तर भएकाले यो प्रकरणले प्रहरी मात्र होइन सरकार नै बदनाम हुने सम्भावना देखिएको छ ।