Logo
Logo

महाधिवेशनमा सहभागिताका लागि निधिद्धारा पौडेललाई आग्रह


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनमा सहभागि नहुने अडान लिएपछि उपसभापति एवं सभापतिका उम्मेदवार विमलेन्द्र निधिले फोन सम्पर्क गरी सहभागी हुन आग्रह गरेका छन् ।

नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेर सहभागिताका लागि आग्रह गरेका हुन् ।

सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिएका छन् ।

नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।

पौडेल निवास बोहोराटारमा आज बसेको संस्थापन इतर समुहको बैठकमा समेत सहमती जुटन सकेको छैन् । इतर समुहबाटै नेता प्रकाशमान सिंह र डा. शेखर कोइरलाले आफूहरू सभापतिको दौडबाट पछि नहट्ने अडान लिदै आएका छन् ।

नेताहरुले पौडेललाई सभापतिको साझा उम्मेदवारीको टुंगो लगाउन शुक्रबारै साँझ ५ बजे अनुपम फुडल्यान्डमा बैठक डाकेका छन् । त्यही बैठकबाट पौडेललाई सभापतिको साझा उम्मेदवार घोषणा गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्