काठमाडौं । निजामती प्रशासनका १८ जना उपसचिवको सहसचिव बढुवामा सिफारिस भएको छ । ज्येष्ठता र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा सिफारिस समितिले १८ जनाको सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा पद्यनिधि सोती, रामलाल श्रेष्ठ, सूर्य प्रसाद सेढाई, कृष्णप्रसाद तिम्सिना, शिवनाथ पौडेल, हेमराज सुवेदी, रामहरी ज्ञवाली, नारायण प्रसाद शर्मा, चन्द्र कुमार श्रेष्ठ, हिरामणि शर्मा, उपेन्द्रबहादुर ढुंगाना, लालबाबु कवारी, ज्ञानेन्द्र प्रसाद ढकाल, अन्जन कुमार मिश्र, प्रेमराज गिरी, तुलसी बहादुर श्रेष्ठ, देवेन्द्र लामिछाने र टामलाल पाण्डे छन् । उनीहरुको बढुवाको निर्णय आगामी मन्त्रिपरिषद्को बैडकले गर्ने सम्भावना छ ।