Logo
Logo

राजेन्द्र लिङ्देनलाई ओलीको जवाफ- ‘भर्खर भर्खरको बाछो हिड्न जान्दैन’


17.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘भर्खर भर्खरको बाछो हिड्न जान्दैन’ भन्दै कटाक्ष गरेका छन् ।

काठमाडौंमा आजबाट शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिङ्लेनलाई हिड्न नजान्ने बाछोसँग तुलना गरेका हुन् ।

महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले ‘राजनीतिक दलका नेता गाउँ जाँदा चोर आयो’ भन्ने गरेको भन्दै विचार राखेको विषयलाई लिएर ओलीले लिङ्देनलाई भर्खर जन्मेको बाछोसँग तुलना गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले भने– ‘राजनीतिकलाई यस्तो सम्म पनि भन्ने ? भर्खरै अध्यक्ष निर्वाचित भएको दम्भ होला । भर्खर भर्खरै जन्मेको बाछो हिड्न नजानेको जस्तै हो ।’

ओलीले नेपाली कांग्रेसले सबै राजनीतिक दललालाई गर्नुपर्ने धारणा समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्