Logo
Logo

कांग्रेस कोषाध्यक्ष सीता यादवद्वारा कुनै पदमा उम्मेदवारी नदिने घोषणा


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवार नदिने भन्दै सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले पार्टीको सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गरेकी हुन् ।

तर लोकतन्त्र, प्रजातन्त्र, समाजवादको रक्षा एवं विकासका लागि आफूले सधँै सक्रिय रहने प्रतिबद्धता उनले बताइन् ।

कांग्रेसमा विभिन्न पदका लागि आकांक्षा व्यक्त गर्ने र उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेकै बेला कोषाध्यक्ष यादवले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्