Logo
Logo

‘कांग्रेसभित्र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न सकिँदैन’


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न बताए ।

उनले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने बताए । उनले भने, ‘विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्