Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशनमा आज मनोनयन दर्ता


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुने कार्यसूची छ ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२स्१५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ कार्यक्रम छ । कांग्रेसले यसपटकको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ

यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन् । भृकुटीमण्डपमा शुक्रबार उद्‍घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा चलिरहेको छ। महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्