Logo
Logo

यस्तो छ आजको मौसम


189
Shares

काठमाडौं । आजभोली दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो हिजो भन्दा पनि कम हो ।

हिजो काठमाडौं को न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका अन्य स्थानमा पनि तापक्रम घट्दै गएको मौसमविद् बताएका छन् ।

हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराको ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

पानी परेपछि चिसो ह्वात्तै बढ्ने गरेको भए पनि यो वर्ष पानी नपरेकै समयमा पनि न्यूनतम तापक्रम कम भएको छ । बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले चिसो बढेको उनले बताए ।

अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने सम्भावना छ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

पर्सिदेखि भने पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्