Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल


5.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पुनः अध्यक्षमा दोहोरिन खोजेका शेरबहादुर देउवाले आफ्नो समूहबाट दुई महामन्त्रीका उम्मेदवारको टुंगो लगाएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्रीसमेत रहेका देउवाले आफ्नो समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाउने टुंगो लगाएका हुन् ।

देउवा समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिन खोजेका प्रवक्ता विश्वप्रकाश शर्मा अन्ततः संस्थापन समूहमा अटाउन सकेनन् । तर, पनि शर्माले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।

सभापतिमा देउवालाई समर्थन गरेका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट पौडेल महामन्त्रीका उम्मेदवार भएका हुन् । पौडेल संस्थापन समूहबाट उम्मेदवार हुने निश्चित भएपछि प्रवक्ता शर्मा संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार हुन नसकेका हुन् ।

शर्माले भने, ‘शेरबहादुर दाइको टिममा परिन, तर म महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्