Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

संस्थापन इतर समुहबाट महामन्त्रीमा गगन र विश्वप्रकाश


8.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहबाट नेता शेखर कोइराला सभापतिका लागि आधिकारिक उम्मेदवार भएका छन् । शेखर समुहबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा उम्मेदवार हुने टुंगो लागेको छ ।

कांग्रेसमा दुई महामन्त्री हुने वैधानिक व्यवस्था छ । दुबै महामन्त्री निर्वाचित हुनुपर्ने हुन्छ । पौडेल पक्षको बैठकले दुई महामन्त्री पदका लागि थापा र शर्मालाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको हो ।

यसअघि शर्मा सभापति शेरबहादुर देउवाको समुहबाट उम्मेदवार बन्ने चर्चा थियो । कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि उक्त समूहभित्र असन्तुष्टि बढेको थियो ।

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका थिए । गगन भने संस्थापन इतर पक्षबाट उम्मेदवारी दिने बताउँदै आएका थिए । अन्य पदमा को-को उम्मेदवार हुने भन्ने बारेमा शेखर समुहभित्र छलफल जारी रहेको बताईएको छ ।

कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १-१ महिलासहित २१ जना आउने छन् ।

कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्