Logo
Logo

एकीकृत समाजवादीको प्रदेश र रुपन्देही कार्यालय उद्घाटन


2.5k
Shares

बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीको पार्टी कार्यालय उद्घाटन भएको छ । पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिबार एक समारोहबिच पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

बुटवल ८ सुख्खा नगरमा प्रदेश र जिल्ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचन नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्तदुरुस्त रुपमा राख्न समेत आग्रह गरे । प्रविधिको उच्चतम प्रयोग गर्न उनले सुझाव दिए ।

उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराईलगायतका नेताहरुको उपस्थिती थियो ।

कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए । कार्यक्रमको सञ्चालन उपसचिव सरिता श्रीसले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्