Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

सभापतिको दौडबाट बाहिरिएका पौडेलले औँल्याए कांग्रेसका ६ कमजोरी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय राजनीतिमा सक्रिय रहने जनाएका छन् ।

कांग्रेसभित्र देखिएको विकृति तथा गलत प्रवृतिका विरुद्धमा संघर्ष जारी नै राख्ने पौडेलले जनाएका छन् । पौडेलले आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका हुन् ।

पौडेलले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए । शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह सहितका नेताहरुले सभापतिको उम्मेदवारबाट पछि नहटने अडान लिएपछि पौडेल सभापतिको दौडबाट पछि हटेका हुन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।
२. पार्टी सत्ताको भ¥याङमा सीमित भयो ।
३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।
४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।
५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।
६. नयाँ पुस्ताले कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मुल आदर्शमा स्थापित गर्ने विश्वास ।

प्रतिक्रिया दिनुहोस्