Logo
Logo

एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो


5.8k
Shares

काठमाडौं । हालै १०औ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोकेको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत जिल्ला तथा प्रदेश अधिवेशनसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएसँगै जिल्ला र प्रदेश अधिवेशनको मिति तय भएको हो । प्रस्तावअनुसार हिमाली बाहेकका जिल्लामा पुष २३ गते जिल्ला अधिवेशन तथा माघ ८ गते प्रदेश अधिवेशन हुने भएको छ ।

त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङले जानकारी दिए ।

प्रस्ताव पारित भएसँगै अध्यक्ष ओलीले जिल्ला र प्रदेश अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्