Logo
Logo

अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ


1.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ ।

सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ।, या समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्