Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


945
Shares

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

त्यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्