Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

उम्मेदवारले ११ बजेसम्म मनोनयनपत्र फिर्ता लिन पाउने


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज मनोनयन दर्ता फिर्ता लिन सक्नेछ ।

आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए । सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो । उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजेसम्म थियो ।

आज बिहान ११ बजेभित्र मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने कार्यतालिका छ । भने आजै उम्मेदवारको अन्तिम नामावली मध्यान्ह सवा १२ बजे प्रकाशन गर्ने कार्यक्रम छ ।

मतदान सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्