Logo
Logo

विवादित दुर्गा प्रसाई एमालेको केन्द्रीय सदस्य मनोनीत


6.6k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

एमालेको विधानअनुसार अध्यक्षबाट ५ प्रतिशत सदस्य केन्द्रीय कमिटीमा मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रसाई केन्द्रीय सदस्य मनोनित भएका हुन् । अध्यक्ष ओलीद्वारा प्रस्तावित मनोनीत सदस्यको नाम भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पारित गरेको छ ।

झापाको विर्तामाडमा बी एण्ड सी टिचिङ हस्पिटलका संचालक प्रसाई विवादित व्यक्ति हुन् । पहुँचको भरमा शिक्षण अस्पतालको अनुमति प्राप्त गर्न खोजेको भन्दै उनको आलोचना हुने गरेको छ ।

लामो समयसम्म नेकपा माओवादी केन्द्रसँग नजिक रहँदै आएका प्रसाई एमालेको ललितपूरमा सम्पन्न विधान महाधिवेशनदेखि एमाले प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डसँग लामो समय निकट सम्बन्धमा रहेका प्रसाई पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्