Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

दोस्रो चरणको निर्वाचनमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ : विमलेन्द्र निधि


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुने बताएका छन् ।

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानी गर्दै निधिले सभापतिमा पहिलो चरणको निर्वाचनमा कोही पनि विजयी नहुने बताउँदै दोस्रो चरणको निर्वाचनमा देउवा विरुद्ध मोर्चाबन्दी गर्ने हुने बताए ।

उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।

‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् ।

आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरेपनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत कटाउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ ।

कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत कटाउनुपर्ने व्यवस्था रहेको बताए । कुनैपनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्