Logo
Logo

एमालेद्वारा प्रदेश संगठन कमिटी गठन (सूचीसहित)


2.1k
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ ।

एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहनेगरि सबै प्रदेशमा नियुक्त गरेको हो ।

शनिबारको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको छ । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुनेछ । बैठकले ७ भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो ।

एमालेको हालै सम्पन्न महाधिवेशनपछि जारी केन्दीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत तथा प्रदेश संगठन कमिटी गठन गरेको हो । एमालेको जारी बैठकले विधानसम्मत अध्यक्षले ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्थाअनुसार केही नेतालाई केन्द्रीय सदस्यमा प्रस्ताव गरिसकेको छ ।

प्रदेश संगठन कमिटीमा

प्रदेश १
अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश नम्बर २

अध्यक्ष – रामअवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव –धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य

लुम्बिनी
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु

कर्णाली
अध्यक्ष– विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव– रुपा शाही
सहसचिव –टेकराज पछाइ

सुदूरपश्चिम
अध्यक्ष– दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव– बलदेव रेग्मी
सहसचिव –भागिरथी विष्ट

उपत्यका विशेष
अध्यक्ष– प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव– उर्मिला सुनुवार
सहसचिव –चन्द्र रिजाल

प्रतिक्रिया दिनुहोस्