Logo
Logo

एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटव्युरो (सूचीसहित)


4.5k
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटव्युरो गठन गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटव्युरो कमिटीमा रहने सदस्यहरुको नामावली प्रस्ताव गरेका थिए ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा आइतबार (दोस्रो दिन) बसेको केन्द्रीय कमिटीको बैठकले ९९ सदस्यीय पोलिटव्युरो कमिटी गठन गरेको हो ।

एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन हुन्छ । एमालेको १० औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

१९ जना पदाधिकारीहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः पोलिव्युरो कमिटीमा हुन्छन् ।

यस्तै अन्य ८० जना नेता पोलिटव्युरो सदस्य भएका छन् । पोलिटब्युरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्नि खरेल, पभुु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की रहेका छन् । यि नेताहरु स्थायी कमिटी सदस्य समेत हुन् ।

यसैगरी गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, बालकृष्ण ढुंगेल, जितबहादुर गौतम, ईश्वरी रिजाल, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, बैजनाथ चौधरी, गोकुल घर्ती, दलबहादुर राना, डकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावत, नारदमुनि राना, लिलाबहादुर थापा मगर, सुजिता शाक्य, ज्वाला साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्युत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधीराम न्यौपाने, देवेन्द्र दाहाल र रामेश्वर फुँयाल रहेका छन् ।

यस्तै ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरु पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सिता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सुर्य थापा, मनकुमारी जिशी, सुशिला नेपाल र पार्वत गुरुङ पोलिटव्युरो सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्