Logo
Logo

टीभीएसको सप्तरंग–३ को पहिलो कार्यक्रम काँकडभिट्टामा सम्पन्न


693
Shares

काठमाडौं । मंगसिर २४ गतेबाट शूरु भएको ‘टीभीएर राइडर सप्तरंग–३’ को पहिलो कार्यक्रम झापाको काँकडभिट्टामा सम्पन्न भएको छ ।

कार्यक्रम नायक राजेश हमालका साथै प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले ‘टीभीएस राइडर’को उत्घाटन गरेका थिए ।

कार्यक्रमको दोश्रो दिन टीभीएसले बिर्तामोडस्थित सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटोमोबाइल्समा पनि सप्तरंगको कलाकारहरुले टीभीएस त्ख्क् राइडर उद्घाटन गरेका छन् ।

टीभीएस राइडरमा टीभीएस मोटर कम्पनीको नवप्वर्द्धनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको र यसलाई अझ राम्रा देखाउन विशेष लोगो प्रयोग गरिएको कम्पनीले दावी गरेको छ । कम्पनीकाअनुसार यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस राइडरले दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ ।

टीभीएस राइडरले ६,५०० आरपीएममा ११ दशमलव ५ एनएम टर्क र ८००० आरपीएममा १२ दशमलव ९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्