Logo
Logo

एमालेले विभागीय जिम्मेवारी तोक्यो, महत्वपूर्ण विभाग ओली निकटलाई


47.3k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभागीय जिम्मेवारी तोकेको छ । कार्यविभाजनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण विभागहरुमा आफू निकटलाई जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले पार्टीको समग्र जिम्मेवारी लिएका छन् भने विगतमा फकर विचार राख्ने नेताहरुलाई काम नै नभएका विभागको जिम्मेवारी दिइएको छ ।

पार्टीमा महत्वपूर्ण जिम्मेवारी रहने संगठन विभाग प्रमुखको जिम्मेवारी ओली निकट खगराज अधिकारीले पाएका छन् भने सबै परिस्थितिमा साथ दिँदै आएका प्रदीप ज्ञवालीले स्कुल विभागको जिम्मेजारी पाएका छन् । त्यस्तै प्रचार विभाग प्रमुखको रुपमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङले जिम्मेवारी पाएका छन् ।

ओलीसँगै रहँदै आएका विष्णु रिमालले आर्थिक लेखा लगायतको जिम्मेवारी पाउँदा एमाले–माओवादी एकतापछि बनेको नेकपामा महासचिवको जिम्मेवारी पाएका विष्णु पौडेलले पार्टी संगठनः अनुगमन विभागको जिम्मेजावारी पाएका छन् ।

ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान र युवराज ज्ञवालीले स्थानीय तह प्रदेश र संघ विभागको जिम्मेवारी पएका छन् ।

तेस्रो धारको रुपमा एमालेमा रहँदै आएका बागमतीका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय र सुवास नेम्वाङले संसदीय अनुगमन विभागको नेतृत्व पाएका छन् ।

पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले राष्ट्रिय सुरक्षा र सुरेन्द्र पाण्डेले राजकीय मामिलाको जिम्मेवारी पाएका छन् ।

अघिल्लो कमिटीमा प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराईले यसपटक स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन् भने कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्