Logo
Logo

कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ । मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।

भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् । दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साहाकारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउँछन् ।

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्