Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

आज मतदान, तीन मतदानस्थल, ११ सय बुथ


3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मतदान सुरू हुँदैछ । कांग्रेस सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार रहेका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज बिहान ८ बजेदेखि मतदान सुरू हुने जानकारी दिएको छ । मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन् ।

भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ भने मत खसाल्नका लागि एक हजार एक सय बुथ तयार पारिएको छ ।

महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन् । एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्ने देखिएको छ ।

कागजी मतपत्र छन् । १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन हुन गइरहेको छ । मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ । मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ ।

उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने निर्वाचन समितिको तयारी छ ।

यस्तै सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्