Logo
Logo

माओवादीको उपत्यका विषेश प्रदेश समितिमा सर्वसम्मत नेतृत्व चयन


8.5k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आइतबार सम्पन्न प्रदेश सम्मेलन अन्तरगत उपत्यका विषेश प्रदेश सम्मेलनको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

देशभर एक्कैपटक शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन अन्तरगत विषेश प्रदेशले सर्वसम्मत नेतृत्व चयन गरेको हो । आइतबार ललितपुरको भैंसेपाटीमा सम्पन्न बन्द सत्रले मजदुर नेता जगत सिंखडाको नेतृत्वमा १ सय ४१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

सम्मेलनले ८ सदस्यीय पदाधिकारी पनि सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा जगत सिम्खडा, उपाध्यक्षमा कृष्ण केसी, संगीता खड्का, प्रकाश पाण्डेमा चयन भएका छन् । त्यस्तै सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन ब. मल्ल, विष्णु थापा रहेका छन् भने कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्