Logo
Logo

पौडेल मतदानमा सहभागी नहुने


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आज हुने मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुने मतदानमा कांग्रेस नेता पौडेल सहभागी नहुने भएको नको सचिवालयले जनाएको छ ।

जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि उनी असन्तुष्ट छन् ।

उनले यसअघि महाधिवेशन प्रक्रियामै सहभागी नहुने बताएका थिउ । उनी उद्घाटन समारोहमा भने उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्