Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

मतदान सुरु नहुँदा प्रतिनिधिहरु निराश


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन् । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका हुन् ।

तर मतदाताहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश देखिएका छन् । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ । मतपत्र छाप्न ढिला हुँदा सममै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् । मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी छ । १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको हो ।

महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्