Logo
Logo

इङ्ग्लिस प्रिमियर लिग : लेस्टर सिटीद्धारा न्युक्यास पराजित


126
Shares

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा लेस्टरले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे भने पाट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल गरे । खेलको ३९ औँ मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिए ।

खेलको ५७ औँ मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ८१ औँ मिनेटमा युरीले दोस्रो गोल गर्दै लेस्टरलाई ३–० को अग्रतामा ल्यएका थिए । खेलको ८५ औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए । जितसँगै लेस्टर २२ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ ।न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्