Logo
Logo

शशांकको सचिवालयले भन्यो, ‘शशांक देउवा पक्षका होइनन्’


1.1k
Shares


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । नेताहरु नेतृत्व हत्याउन कसरत गरिहेका छन् ।
उम्मेदवारहरु एकअर्काका उम्मेदवारलाई समेत आफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

यस्तै, सभापतिपति उम्मेदवार शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखेर मतपत्रको नमुना बाँडिरहेको छ । तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।

शांककका स्वकीय सचिव भरत तिवारीका अनुसार शशांक देउवा प्यानलमा छैनन् । उनले भनेका छन्, ‘शशांक कोइराला संस्थापनइतरबाट उम्मेदवारी छन् । देउवा पक्षको होइन ।’

संस्थापनइतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहेका शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

यसैबीच शशांकले आफू कुनै पनि गुटमा नभएको बताएका छन् । मतदानमा सहभागी हुन मतदान स्थल जाँदै गर्दा प्रदर्शनी मार्गमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै गुटमा नभएको बताए । उनले भने, ‘म कुनै प्यानलमा छैन । त्यसैले क दुवै प्यानलमा मेरो नाम छ । म गु्रपिजम अन्त्य चाहन्छु ।’
शशांकलाई सभापतिका उम्मेदवारद्वय शेरबहादुर देउवा र शेखर कोइरालाले समूहले आफ्नो सूचीमा समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्