Logo
Logo

पौडेलको कोइरालालाई सुझाव : सकेसम्म प्रकाशमानसंग मिल्नु


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सभापति उम्मेदवार शेखर कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान पौडेल निवास भएको भेटमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखर कोइरालालाई महमधिवेशनको जितको शुभकामना दिए ।

उनले सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने तर्क गर्दै सकेसम्म मिलेर अगाडी बढ्न आग्रह गरे ।

राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई बताए । यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गर्दै शेखरलाई जितको लागि बधाइ समेत दिए ।

प्रतिक्रिया दिनुहोस्