Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

कांग्रेसको नेतृत्व चुन्न मतदान सुरु


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । मदतान साँझ ५ बजेसम्म सक्ने कार्यतालिका छ ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् भने लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए ।

तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिइसकेका छन् । यतै केन्द्रीय सदस्यमा प्रदेश २ बाट दुई रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्