Logo
Logo

अखिल क्रान्तिकारीले टुंगो लगायो केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि (सूचिसहित)


2.7k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले केन्द्रीय कमिटीको सदस्य टुंगो लगाएको छ । १९९ सदस्यीय कमिटीमा रहने सदस्यको टुंगो लागे पनि पदाधिकारीको छनोट अझै हुन सकेको छैन् ।

अध्यक्ष बाहेक अन्य पदाधिकारी टुंगो लगाउँन बाँकी नै रहेको छ । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो ।

गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँट गरिएको थिएन् । केन्द्रीय समितिमा को–को रहने भन्ने पनि टुंगो लागेको थिएन ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्