Logo
Logo

भोलिदेखि संघीय संसदको दुवै अधिवेशन


630
Shares

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशनको आह्वान गरेकी छन् ।

भोलि मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सो को तयारीका लागि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थलको निरीक्षण गरेका छन् ।

संसद्‌ भवनको स्काई हलमा सभामुखसहित संघीय संसद्‌आवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद्‌ सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संसद्‌का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्