Logo
Logo

अमेरिका कोराना भाइरस संक्रमणको उच्च जोखिममा


819
Shares

काठमाडौं । अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख भन्दा बढि पुगेको छ । त्यहा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।

त्यहाँका संचार माध्यमका अनुसार आइतबारसम्म अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको छ ।

अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।

सो स्थानमा नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान प्रदान’ थ्याङ्क्सगिभिङ पर्वयता अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४। ६ प्रतिशतले बढेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रकी निर्देशक डा। रोचेल वालेस्कीका अनुसार ९९ प्रतिशत संक्रमित डेल्टाका छन् ।वर्ल्डोमिटरका अनुसार कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैधन्दा धेरै छ । पछिल्लो विवरण अनुसार त्यहाँ हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित धेरै रहेको मुलुकमा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४६ लाख ९७ हजार ८६० जनामा भाइरस पुष्टि भइसकेको छ भने चार लाख ७५ हजार ६३६ जनाको मृत्यु भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ६ लाख १६ हजार ९४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्