Logo
Logo

दुवै सदनमा एकीकृत समाजवादीको प्रमुख सचेतक चयन


7.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय संसदका दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदंसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो । नेकपा एसका प्रमुख सचेतक श्रेष्ठ पार्टीका सचिवसमेत हुन् ।

त्यस्तै, राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर चयन भएका छन् । पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले नेकपा एकीकृत समाजवादीले प्रमुख सचेतक अमनोनयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्