Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

मतदानका लागि चार घण्टा समय थपियो, आजै मतगणना सुरू गरिने


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतमतदानका लागि थप चार घण्टा समय थपिएको छ ।

यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ ।

यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार आजै मतगणना सुरू हुनेछ । कांग्रेसका ४ हजार ७४३ प्रतिनिधि (मतदाता) छन् ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्