Logo
Logo

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड र पीएसजी भिड्ने


3.8k
Shares

एजेनसी । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।

नियोनमा मंगलबार भएको ‘ड्र’ अनुसार समूह ‘एफ’ को विजेता म्यानचेस्टर युनाइटेडले समूह ‘ए’ को उपविजेता पिएसजी प्रतिद्धन्द्धी पाएको हो । यसको अर्थ आधुनिक फुटबलका हस्ती पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी पुनः एकपटक आमने–सामने हुने भएका हुन् ।

यस्तै साविक विजेता इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब लिल प्रतिद्धन्द्धी पाएको छ । च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडले पोर्चुगिज क्लब बेन्फिका प्रतिद्धन्द्धी पाएको छ । इंग्लिस क्लब लिभरपुलले अष्ट्रियन क्लब साल्जवर्ग प्रतिद्धन्द्धी पाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड प्रतिद्धन्द्धी पाउदा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन क्लब इन्टर मिलानले डच क्लब आयाक्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्