Logo
Logo

कर्मचारीमाथि कुटपिट


1.7k
Shares

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ ।

बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ ।

नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए । उनले भने, ‘ममाथि सुनियोजित तरिकाले आक्रमण भयो, आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।’

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । उनले भने, ‘कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्