Logo
Logo
नेपाली कांग्रेसको १०औं महाधिवेशन

रामचन्द्र र शशांक शेरबहादुर र शेखर दुबैका साझा !


6k
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन राजधानीमा जारी छ । सभापतिमा ६ जनाले उम्मेदवारी दिएर ५ जना प्रतिष्पर्धामा होमिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच तीव्र प्रतिष्पर्धा छ ।

शेरबहादुरले संस्थापन पक्षको नेतृत्व गरेका छन् भने शेखरले मुलतः संस्थापनइतर पक्षको नेतृत्व गरेका छन् । लामो समय संस्थापनमा रहेर काम गरेका विमलेन्द्र निधि, शेरबहादुरको कट्टर आलोचक प्रकाशमान सिंह र युवा नेता कल्याण गुरुङसमेत सभापतिको रेसमा छन् ।

मतपत्रमा सभापति उम्मेदवारे पाँच जनाको नाम भएपनि केन्द्रीय सदस्यसम्म प्यानल बनाएर होमिएका शेरबहादुर र शेखर कोइराला दुवैले जित्ने दाबी गरेका छन् । दुवैले वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान निर्वाचित महामन्त्री डा. शशांक कोइराला आफ्नो समूहमा रहेको दाबी गरेर महाधिवेशन प्रतिनिधिलाई प्रभावित गराउने रणनीति अख्तियार गरेका छन् ।

शेरबहादुरको सचिवालयबाट रामचन्द्रको समर्थन रहेको सूचना नै सार्वजनिक गरियो । लगत्तै शेखर रामचन्द्रलाई भेट्न बोहोराटार नै पुगे । वरिष्ठ नेताको समर्थन आफूलाई रहेको शेखरले दावी गरेका छन् ।

शशांकको विषयमा पनि दुवै उम्मेदवारले राजनीति गरे । दुवैले वितरण गरेको प्यानल सूचीमा शशांकको नाम केन्द्रीय सदस्यमा छ । शशांकको नाम शेरबहादुर प्यानलबाट २ नम्बरमा र शेखरको प्यानलबाट ८१ नम्बरमा छ ।

१३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर निर्वाचित हुँदा महामन्त्रीमा रामचन्द्र पौडेल पक्षका शशांक निर्वाचित भएका थिए । वीपी पुत्र शशांक कांग्रेसका लोकप्रिय नेतामध्ये पर्छन । संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी रहेका शशांकले सहमति नजुटेपछि अन्तिम समयमा वाकओभर दिएका थिए । सहमति नजुटेकै कारण रामचन्द्रले पनि वाकओभर दिएका थिए ।

संस्थापनइतर समूहबाट शेखर र प्रकाशमान चुनावी मैदानमा छन् । रामचन्द्रले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् भने मतदानमा समेत सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्