Logo
Logo
कांग्रेसको १४औं महाधिवेशनमा

मतपत्र सकिएर रोकिएको मतदान पुन: सुरु


945
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतपत्र सकिएर रोकिएको मतदान पुनः सुरु भएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि केहीबरे मतदान रोकिएको थियो ।

मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । मतपत्र ल्याएपछि पुनः मतदान सुरु भएको निर्चाचन समितिले जानकारी दिएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरिसकेका छन् । यस महाधिवेशनमा कूल चार हजार ७४३ प्रतिनिधि (मतदाता) रहेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मतपत्र लामो हुँदा मतदानका लागि एक जना प्रतिनिधिलाई करिब आधा घण्टाभन्दा बढी समय लागेको छ । यसअघि तोकिएको समयमा मतदान नसकिएपछि राति ९ बजेसम्मका लागि मतदानको समय लम्ब्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्