Logo
Logo

प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलेको सन्देश: प्रतिस्पर्धा क्षणिक एकता सधैँका लागि


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावलाई लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुन दिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले आज महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

‘तैंले यो गर्नुपर्छ भनेर हुँदैन । लोकतन्त्र भनेको आफ्नो आत्माले लागेको कुरा गर्ने हो । मतदान भनेको मनको आवाज सुन्नु हो’, मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मतदानका लागि मतदाताको मन जित्नुपर्छ । तपाईंहरूले यो कुरा मनमा राख्नुहोला ।’

वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट बाहिरिए पनि आफूले पार्टी एकताको लागि भूमिका खेल्ने बताएका छन् । ‘मैले यो चियापान पार्टी एकताको लागि हो । यो चुनावी सभा होइन’ उनले भने ।

चियापान समारोहमा नाराबाजी भएपछि असन्तुष्ट बनेका उनले भने, ‘मैले सम्मानको लागि बोलाएको हुँ अपमान हुने काम नगर्नुहोला । हामी एक भएर जानुको विकल्प छैन । प्रतिस्पर्धा अहिले तत्कालको लागि हो । एकता सधैंको लागि हो।’

प्रतिक्रिया दिनुहोस्