Logo
Logo

प्रधानमन्त्रीको अफरपछि देउवालाई सहयोग गर्ने सिंहको घोषणा


37k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास पुगेका थिए ।

निवास पुगेका देउवाले सिंहलाई प्रधानमन्त्रीको अफर दिएका थिए । त्यसपछि देउवालाई सहयोग गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री समेत रहेका देउवा दोस्रो चरणको सभापतिको निर्वाचनमा आफूलाई सहयोगको आग्रह गर्दै सिंहको निवासमा पुगेका हुन् ।

प्रकाशमानसँग शेखर कोइरालाले पनि यसअघि भेटेका थिए । त्यसअघि देउवा समूहका नेता बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेट गरेका हुन् । दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्