Logo
Logo

देउवा र शशांकबीच भेटवार्ता


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

आज (मंगलबार) देउवा र कोइरालाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता भएको हो । भेटवार्तामा देउवाले सभापतिमा आफूलाई सघाउन कोइरालासँग आग्रह गरेका छन् ।

कोइरालाले भने पार्टीलाई मिलाएर लैजान आग्रह गरे । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।

पहिलो चरणको निर्वाचनमा देउवाले सबैभन्दा बढी मत ल्याएपनि ५० प्रतिशत मत कटाउन नसक्दा पुनः सभापति बन्न सकेनन् ।

दोस्रो धेरै मत सभापति पदका उम्मेदवार शेखर कोइरालाले ल्याएका थिए । देउवा र कोइरालाबीच आज सभापति पदमा फेरि निर्वाचन हुँदै छ । त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्