Logo
Logo

संसद्को गतिरोध हटाउन माओवादीले पहल गर्ने


1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सर्वदलीय बैठक बसेर संसद्को गतिरोध हटाउनका लागि पहल गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा आज बसेको संसदीय दलको बैठकले सर्वदलीय बैठक बसेर संसदको गतिरोध अन्त्यका लागि छलफल गर्ने जनाएको छ ।

एमालेले निरन्तर संसद अवरोध गर्दै आएकोमा माओवादी केन्द्रले समाधानको विषयमा एमाले सहितको सर्वदलीय बैठक बस्नुपर्ने जनाएको छ । यस सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएर छलफल गर्दा एमालेले सो बैठक बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्