Logo
Logo

संसद बैठक पुष ६ सम्मका लागि स्थगित


252
Shares

काठमाडौं । संघीय संसदको बैठक सुरु गरेर स्थगित गरिएको छ । सभामुख सापकोटासमक्ष ६ वटा विधेयक पेश भएसँगै बैठक पुष ६ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् । मन्त्री बडुले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पनि सभामुख समक्ष पेस गरेका छन् ।

सभामुख समक्ष रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेस भएको छ ।

मंगलबार बसेको पहिलो हिउँदे अधिवेशन बैठक सुरु भएलगत्तै नेकपा एमालेले नाराबाजी सुरु गरेका थिए तर, सभाुमख अग्निप्रसाद सापकोटाले विरोधका बीचमा बैठक अघि बढाएका थिए ।

पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेसम्म बैठक अघि बढ्न नदिने एमालेले पूरानै अडानले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्