Logo
Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्री थपिए


3.3k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ ।

यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्