Logo
Logo

श्रीमतीको परिक्षा दिनेविरुद्ध भ्रष्टाचार मुद्दा


2.1k
Shares


काठमाडौैं ।
बर्दियाको राजापुर नगरपालिका– ८ का मनमाया चौलागाई आचार्य र उनका श्रीमान मनिलाल आचार्यविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । २०७४ सालमा सञ्चालित शिक्षक सेवा आयोगको परीक्षामा श्रीमतीको सिम्बल नम्बरमा श्रीमानले परिक्षा दिएर उत्तिर्ण गराएको खुलेको हो ।


सोही आधारमा मनमायाले नाम निकालेर प्राथमिक बिद्यालय ललितापुर, बर्दियामा पढाउँदै आएकी थिइन् । उनले त्यसरी पाएको तलब ६ लाख ७४ हजार पाँच सय ११ रुपैयाँ बिगो कायम गरी अख्तियारले बिशेष अदालतमा दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
दुवै जना शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भएको तर श्रीमतीको पढाई कमजोर भएपछि श्रीमान पनि परीक्षा दिन गएका थिए । तर, श्रीमानको कपिमा श्रीमतीको तथा श्रीमतीको कपीमा श्रीमानको सिम्बोल नम्बर लेखेर उनीहरुले झुक्याउने प्रयास गरेका थिए । त्यसबारे उजुरी परेपछि आयोगले छानबिन गर्दा पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्