Logo
Logo

दोस्रो चरणको चुनावमा कोइरालाको मत कति बढ्यो ?


8.2k
Shares

काठमाडौं । कांग्रेस सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको चुनावमा पराजित भएका शेखर कोइरालाको मत पहिलो चरणको भन्दा बढेको छ ।

उनले पहिलो चरणमा भन्दा दोस्रो चरणमा एक सय ५३ मत बढी ल्याएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गर्दा कोइरालाले १ हजार ८ सय ५५ मत ल्याएका छन् । जम्मा खसेको ४ हजार ६ सय २३ मत मध्ये ३५ मत बदर भएको थियो ।

पहिलो चरणमा सोमबार भएको चुनावमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्दा पहिलो चरणमा शेखर कोइरालाले १ हजार ७ सय २ मत ल्याएका थिए । पहिलो चरणमा ४ हजार ७ सय ५३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा पहिलो चरणमा भन्दा ५६ मत कम खसेको थियो ।

पहिलो र दोस्रो चरणको मत तुलना गर्दा कम मत खस्दा पनि परिणाम हासिल नगरे पनि कोइरालाको मत बढेको छ । पहिलो चरणमा भन्दा १ सय ५३ मत कोइरालाको बढेको छ ।

प्रतिक्रिया दिनुहोस्