Logo
Logo

बार्सिलोनालाई हराउँदै म्याराडोना कपको उपाधि जुनियर्सको पोल्टामा


1.2k
Shares

काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै म्याराडोना कपको उपाधि बोका जुनियर्सले आफ्नो पोल्टामा पारेकबो छ । मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेको हो ।

अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत वर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे ।

प्रतिक्रिया दिनुहोस्